मेस्सी बार्सिलोनामै रहुन् भन्ने चाहन्छु: गाेलकीपर स्टेगिन

 भदौ २७, २०७६ शुक्रबार १३:५०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

बार्सिलोनाका गोलकीपर मार्क आन्द्रे टेर स्टेगिनले आफूले मेस्सी बार्सिलोनामै रहुन् भन्ने चाहेको बताएका छन् ।

मेस्सीले जुनुसुकै बेला क्लब छाड्न सक्ने कुरामा उनले असन्तुष्टि व्यक्त गरे ।

टेर स्टेगिन आफ्नो देशको तर्फबाट नेदरल्यान्ड्स र आयरल्यान्डसँगको मैत्रीपूर्ण खेलहरु सकाएर नोउ क्याम्प फर्केका छन् । जर्मनीको टिमका मुख्य प्रशिक्षक म्यानुएल नेउएरले जर्मनीको राष्ट्रिय टोलीका पहिलो राेजाइका गोलकीपरको रुपमा स्टेगिनलाई जर्मनीको टोलीमा समावेश गरेका थिए ।

स्टेगिनले देशको लागि पहिलो रोजाइको गोलकीपरको रुपमा खेल्न पाउँदा निकै गर्व महसुस भएको र आफूले सक्दो प्रदर्शन गरेको बताएका थिए ।

‘म पहिलो रोजाइको गोलकीपर बन्नका लागि प्रयासरत छु । तर राष्ट्रिय टोलीको लागि खेल्नुपर्दा केही अनौठो र केही चुनौतीपूर्ण रहेको महसुस हुन्छ’, स्टेगिनले भने ।

ला लिगाको नयाँ सिजन सुरु भैसक्दा बार्सिलोनाले गएका दिनलाई भन्दा आउने समयलाई धेरै प्राथमिकता दिनुपर्ने उनको तर्क छ । ‘हामीलाई धेरै कुराहरु सुधार्नु छ । राम्रो प्रदर्शन गर्नुुछ र बितेको समयलाई भन्दा आउदो समयलाई धेरै प्राथमिकता दिनु छ ’, उनले भने ।

‘मेस्सीसँग आफ्नो भविष्यको निर्णय गर्ने अधिकार छ । तर हामी सबै मेस्सी बार्सिलोनामै रहुन् भन्ने चाहन्छौंँ’, उनले भने । ‘व्यक्तिगत हिसाबले म मेस्सी बार्सिलोनामै रहुन् भन्ने चाहन्छु तर यो कुराको निर्णय मैले गरेर हुँदैन ।’

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया