च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
ललितपुर - नेपाल ओलम्पिक कमिटीको चुनावी साधारण सभा सुरु भएको छ । ललितपुरको ओलम्पिक भवनमा सुरु भएको साधारण सभाको युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गर्नु भएकाे छ।
मन्त्री विश्वकर्माले निर्वाचनसँगै राष्ट्रिय मान्यता प्राप्त र अन्तर्राष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटीको विवाद समाधान भएको बताउनुभयाे । अब नेपाली खेलकुदको विकासमा ओलम्पिक ‘मुभमेन्ट’ थप सार्थक हुने मन्त्री विश्वकर्माको भनाइ थियो । उनले सबैले मिलेर नयाँ नेतृत्व चयन हुनेमा आफू आशावादी भएको पनि उल्लेख गर्नुभयाे ।
साधारणसभाको उद्घाटन सत्रपछि आजै निर्वाचन प्रक्रिया सुरु हुने छ । १९ सदस्यीय कार्यसमितिमा १७ जना निर्वाचित गर्ने ओलम्पिकको विधानमा छ । पछि २ जना मनोनित हुनेछन् । तर उप-महासचिवमा राखेपका उपाध्यक्ष पिताम्बर तिम्सेना र कोषाध्यक्षमा रतनकुमार तण्डन यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । चुनावमा वर्तमान अध्यक्ष जीवनाराम श्रेष्ठ र उमेशलाल श्रेष्ठको प्यानल प्रतिस्पर्धामा छ । जीवनरामको प्यानलबाट महासचिवमा निलेन्द्रराज श्रेष्ठ र उमेशलालको प्यानलमा पुरेन्द्रविक्रम लाखे प्रतिस्पर्धामा छन् ।
चुनावमा पाँच जना उपाध्यक्षका लागि आठ जनाले उम्मेदवारी दिएका छन्। उपाध्यक्षमा ज्योति राणा, तेजबहादुर गुरुङ, पुष्पदास श्रेष्ठ, अशोकरत्न बज्राचार्य, सुनिलकुमार श्रेष्ठ, चतुरानन्द राजवैद्य, राजीव श्रेष्ठ र समिम मिया अन्सारी छन् ।
त्यस्तै, तीन सचिव पदका लागि केशवकुमार विष्ट, रामजीबहादुर श्रेष्ठ, दीपकहर्ष बज्राचार्य र तुलसी थापा प्रतिस्पर्धामा छन् । सात सदस्यका लागि रमेशप्रसाद शिवाकोटी, राम अवाले, प्रकाश शमशेर राणा, गोपालसुन्दर लाल कक्षपति, टासी घले, होमबहादुर दोङ, दीर्घबहादुर केसी र मनोरञ्जनरमण शर्मा प्रतिस्पर्धामा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।