नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ विजयी

 भदौ २८, २०७६ शनिबार १२:५२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा जीवनरामले १७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले १० मत प्राप्त गरे ।

जीवनराम र उमेशलालबीच अघिल्लो कार्यकालमा पनि प्रतिस्पर्धा हुँदा जीवनराम नै विजयी भएका थिए । योसँगै जीवनराम ओलम्पिक कमिटीमा २ कार्यकाल निर्वाचित भएका छन् । जीवनरामकै प्यानलबाट महासचिवमा निलेन्द्रराज श्रेष्ठ पनि निर्वाचित भए ।

पाँच जना उपाध्यक्षमा ज्योती राणा २६ मत सहित विजयी हुँदा चतुरानन्द राजबैद्यले २२, तेजबहादुर गुरुङले २०, सुनिल कुमार श्रेष्ठले १८ तथा अशोकरत्न बज्राचार्यले १५ मत ल्याएर विजयी भएका छन् ।

उपाध्यक्षमा उम्मेदवारी दिएका मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी पराजित भए । समिमले १२ मत मात्र प्राप्त गरे समिमसँगै राजीब श्रेष्ठ र पुष्पदास श्रेष्ठ ११–११ मत ल्याएर पराजित भए ।

महासचिवमा निलेन्द्रराज श्रेष्ठ निर्वाचित भएका छन् । निलेन्द्रले पुरेन्द्रविक्रम लाखेलाई ३ मतले पछि पार्दै निर्वाचित भएका हुन् । निलेन्द्रले १५ मत प्राप्त गर्दा लाखेले १२ मत ल्याएका छन् । निलेन्द्र जीवनराम श्रेष्ठ प्यानलबाट चुनावी प्रतिस्पर्धामा थिए ।

सचिवमा राष्ट्रिय खेलकुद परिषद् राखेपका निवर्तमान सदस्यसचिव केशवकुमार विष्ट पराजित भए । विष्ट १ मतले पराजित भएका हुन् । तीन जना सचिव रहेको ओलम्पिकमा चार जनाले उम्मेदवारी दिएका थिए । जसमा विष्टले १७ मत ल्याउँदै पराजित हुँदा १८ मत ल्याएका रामजीबहादुर श्रेष्ठ १८ मत ल्याएर विजयी भए ।

यस्तै दीपकहर्ष बज्राचार्यले २५ मत प्राप्त गदा तुलसी थापाले २१ मत ल्याएर विजयी भइन् । नेपाल ओलम्पिक कमिटीको शनिबार भएको मतदानबाट तीन जना सचिव निर्वाचित भएका छन् । तीन सचिव पदका लागि चार जनाको मनोनयन दर्ता भएपछि निर्वाचन भएको हो ।

सात जना सदस्यको मत परिणाम सार्वजनिक हुँदा रमेशप्रसाद शिवाकोटी, राम अवाले, प्रकाशशम्सेर राणा, गोपालसुन्दर लाल कक्षपति, टासी घले, होमबहादुर दोङ, दीर्घबहादुर केसी विजयी भएका छन् ।

२७ जना प्रतिनिधि भएको ओलम्पिक कमिटीको निर्वाचनमा प्रकाश शमशेर, गोपाल सुन्दर, दीर्घबहादुर र रमेश प्रसाद शिवाकोटीले समान २६–२६ मत प्राप्त गरेका थिए ।

यसैगरी होमबहादुर दोङले २३ तथा टासी घलेले २२ मत ल्याउँदा राम अवालेले १९ मत प्राप्त गरेर विजयी भए । पराजित भएका सदस्य मनोरञ्जन रमण शर्माले ८ मत प्राप्त गरे ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया