भारतलाई साताैँ पटक एसीसी यू–१९ एसिया कपको उपाधि: बंगलादेश ५ रनले पराजित

 भदौ २८, २०७६ शनिबार १६:५७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

एसीसी यू–१९ एसिया कपको उपाधि भारतले जितेको छ । लगातार दोस्रो तथा समग्रमा सातौँ पटक उमेर समूहको उपाधि जित्ने क्रममा भारतले बंगलादेशलाई ५ रनले हरायो ।

टस जितेर पहिला ब्याटिङ गरेको भारतले ३२ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन मात्रै बनाउन सक्यो । भारतका करण लालले सर्वाधिक ३७ रन बनाउँदा कप्तान ध्रुव जुरेलले ३३ रनको योगदान गरे ।

यस्तै शास्वत रावतले १९ रन बनाउँदा अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । जसमा तीन जना ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् । बंगलादेशका मृत्युञ्जय चौधरी र सहिम हसनले समान तीन/तीन विकेट लिए । 

तन्जिम हसन सकिब र साहिन आलमले समान एक/एक विकेट हात पार्दा भारतका दुई जना ब्याट्सम्यान रन आउट हुन पुगे ।

जवाफमा बंगलादेश सुरुवातदेखि नै दबाबमा रह्यो । जसका कारण बंगलादेश ३३ ओभरमा एक सय एक रनमा अलआउट भयो । बंगलादेशका दुई जना खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा मोहम्मद अकबर अलीले २३ तथा मोहम्मद मृत्युञ्जयले २१ रन बनाए । बंगलादेशले १८ अतिरिक्त रन पाएको थियो ।

१६ रन बनाउँदा चार विकेट गुमाइसकेको बंगलादेशका सुरुवाती चार खेलाडी क्रिजमा टिक्न नसक्दा एकपछि अर्को गर्दै आउट भए । त्यसपछि पाँचौ विकेटका लागि उसले २४ रनको साझेदारी गरेको थियो । तर त्यसपछि पनि उसका खेलाडी क्रिजमा टिक्न नसक्दा ७८ रनमा आठ विकेट खेर फालेको थियो ।

तर अन्तिममा नवौँ विकेटका लागि रकिबुल हसन र तान्जिन हसनले २३ रनको साझेदारी गर्दै टिमलाई जितको नजिक पुर्‍याएका थिए । तर अन्तिममा लगातार दुई विकेट गुमाएपछि बंगलादेश उपाधिनजिक पुगेर पनि हार्न पुग्यो । बंगलादेशलाई कम रनमा रोक्न भारतका अथर्वले पाँच तथा आकाशले तीन विकेट लिए ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया