अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा रियल मड्रिडले लेभान्तेलाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।
रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबाेउमा भएको खेलमा रियल मड्रिडका लागि करिम बेन्जिमाले दुई गोल गरे । उनले खेलको २५ औँ र ३१ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।
फेरि ४० औँ मिनेटमा कासेमिरोले थप एक गोल गर्दा रियल ३-० ले अघि परेको थियो । तर त्यो अग्रता धेरै बेर टिक्न सकेन ।
पहिलो हाफपछि ४९ औँ मिनेटमा नै लेभान्तेका लागि बोर्जा मायोरलले टिमका लागि पहिलो गोल गरे । त्यस्तै खेलको ७५ औँ मिनेटमा अर्का खेलाडी गोन्जालो मेलेरोले गोल गरेर खेलमा फर्कन खोजे पनि जित्न भने सकेन ।
यो खेलबाट रियलले तीन अंक जोड्दा अंकतालिकाको शीर्ष तीनमा अटाएको छ ।