जर्मन बुन्डेस लिगा : बराबरीमा रोकियो बायर्न म्युनिख

 भदौ २९, २०७६ आइतबार ७:३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

जर्मन बुन्डेस लिगामा साविक विजेता बायर्न म्युनिख बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा एफसी लिपजिगसँग एक–एक गोलको बराबरीमा रोकियो ।

लिपजिगको घरेलु मैदानमा बायर्नले एक गोलको अग्रता जोगाउन सकेन । खेलको तेस्रो मिनेटमा नै रोबर्ट लेवान्दोस्कीको गोलमो बायर्नले अग्रता बनाएको थियो । उनले थोमस मुलरको पासको सदुपयोग गरेका थिए । 

तर पहिलो हाफका इन्जुरी समयको तेस्रो मिनेटमा लिपजिगले पेनाल्टीको अवसर पायो । जसलाई फार्सबर्गले गोल गर्दै टिमलाई बराबरीमा पुर्‍याए । पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको दोस्रो हाफमा दुवै टिमले गोलको प्रयास गरे पनि सफल भएनन् ।

जसका कारण बायर्नले दोस्रो बराबरी खेल्यो । यो बराबरीले लिपजिग १० अंकका साथ लिगको शीर्ष स्थानमा रहेको छ भने बायर्न आठ अंकका साथै तेस्रो स्थानमा रहेको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया