गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
भक्तपुर - काठमाण्डौ उपत्यकाको ऐतिहासिक सम्पदाको अवलोकन गर्न काठमाण्डौ महानगरपालिकाको निमन्त्रणमा आएका विदेशी टोलीले आइतबार भक्तपुरको सम्पदाहरुको अवलोकन गरेको छ ।
काठमाण्डौ महानगरपालिकाको पहिलो र औपचारिक निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरूले आइतबार भक्तपुरको विश्व सम्पदा क्षेत्रमा पर्ने दरबार क्षेत्रको विभिन्न सम्पदा र पाँचलते मन्दिर अवलोकन गरेका हुन् ।
चीनको लाञ्जााउ कमिटी अफ द सीपीपीसीसीका उपाध्यक्ष ज्याङ् सिओहाङले नेपाल भ्रमणबाट उत्साहित भएको बताउनुभयो । ‘नेपाल कला, संस्कृति र सम्पदाको धनी देश रहेछ,’ भन्दै उहाँल भन्नुभयो, ‘काठमाण्डौ बसाइ धेरै रमाइलो भयो, इन्द्रजात्रामा नेपाली जनताको उत्साह र नेपाली जनताको सम्पदाप्रतिको सम्मान देखेर म थप प्रभावित भएँ ।’
काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहितको विदेशी पाहुनाको टोली चन्द्रागिरीको अवलोकन भ्रमणपछि स्वयम्भू पुगेर आइतबार भक्तपुर आइपुगेकाे हाे ।
भक्तपुर भ्रमणपछि भारतको नर्थ दिल्ली नगरपालिकाका प्रमुख सरदार अवतार सिंंहले नेपालको प्रकृति र सम्पदाबाट प्रभावित भएको बताउँदै आफ्नो देश र नगरका जनतालाई पनि यसबारेमा जानकारी दिँदै पर्यटन वर्षमा नेपाल भ्रमण गर्न सन्देश प्रवाह गर्ने बताउनुभयो । उहाँले विज्ञान संग्राहलयको अवलोकनपछि थप प्रभावित भएको भन्दै नेपाल भ्रमण वर्ष २०२० को सफलताको कामना गर्नुभयो ।
त्यसैगरी भूटानको थिम्पू नगरका मेयर किन्ले दोर्जीले सम्पदाको संरक्षण गर्ने र विकासको गतिमा अघि बढेको देशका जनता खुसी हुने भन्दै नेपाली जनताको मुहारमा खुशी देखेको बताउनुभयो । आफू पनि बौद्धमार्गी भएकाले यहाँको संस्कृतिबाट थप प्रभावित भएको बताउँदै मेयर किन्ले दोर्जीले काठमाण्डौका पुराना बौद्ध बहाःबहीहरूमा पुग्दा आफूमा आध्यात्मिक भावना उत्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो ।
महानगरपालिका प्रमुख शाक्यले यहाँको पर्यटन क्षेत्रलाई उद्योगका रुपमा विकास गर्न र इन्द्रजात्रालाई विश्वसामु चिनाउने उदेश्यले विदेशी पाहुनालाई आमन्त्रण गरेको बताउँदै नेपालको संस्कृति, संम्पदा र परम्पराका बारेमा जानकारी गराउन पाउँदा खुशी लागेको बताउनुभयो ।
काठमाण्डौमा हेर्न लायकका सम्पदा धेरै छन् भन्ने सन्देश दिनका लागि पनि विदेशी पाहुनालाई बोलाएको जानकारी दिदै उहाँले पर्यटन प्रवर्द्धनमा यो भ्रमणले टेवा पुग्ने बताउनुभयो ।
भक्तपुर पुगेका विदेशी पाहुनाहरुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख सर्जनी जोशीसहितको टोलीले स्वागत गर्दै भक्तपुरको विश्व सम्पदा क्षेत्रमा पर्ने दरबार स्क्वायर, पाँचतले मन्दिर र भक्तपुरको कला संस्कृतिको महत्वको विषयमा जानकारी गराउनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।