च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
इंग्लिस प्रिमियर लिगमा आर्सनल वाट्फोर्डसँग अंक बाँढ्न बाध्य भएको छ ।
आइतबार वाट्फोर्डको मैदानमा भएको खेलमा आर्सनलले पहिलो हाफमा लिएको दुई गोलको अग्रता जोगाउन नसक्दा १–१ अंक बाँढ्नु परेको हो । पहिलो हाफमा पिएरे एमरिक अबामेयाङले दुई गोल गर्दै आर्सललाई अग्रता दिलाएका थिए ।
उनले पहिलो गोल २१औं मिनेटमा र दोस्रो गोल ३२औं मिनेटमा गरेका थिए । तर, दोस्रो हाफमा आर्सनलले धेरै गल्ति गर्यो । ५३औं मिनेटमा गोलकिपर बर्नार्ड लेनोले पेनाल्टी बक्सभित्र रहेका सोक्राटिसलाई बल पास गरेका थिए ।
सोक्राटिसले मिडफिल्डमा दिन खोज्दा वाट्फोर्डका जेरार्ड बुलोफिउले भेटाए । उनले टम क्लेभरलीलाई पास दिए र उनले १५ यार्ड टाढाबाट गोल गर्दै वाट्फोर्डलाई खेलमा फर्काए ।
८१औं मिनेटमा वाट्फोर्डले पेनाल्टी पायो । सो पेनाल्टीलाई रोबर्टो पेरेराले गोलमा परिणत गर्दै खेल बराबरीमा पुर्याए । खेलको अन्तिम समयमा वाट्फोर्ड गोलको नजिक पुगे पनि बल पोस्टलाई छोएर बाहिरिन पुग्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।