अन्तिम मिनेट सम्हालिन नसक्दा कुवेतसँग बराबरीमा रोकियो नेपाल

 भदौ ३१, २०७६ मंगलबार ६:३८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

अन्तिम मिनेटमा पेनाल्टीमार्फत गोल खाएपछि एएफसी यू–१६ च्याम्पियनसिप छनोटमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । 

छनोटको समूह ए मा रहेको नेपालले जोर्डनको प्रिन्स मोहम्मद रंगशालामा ७४ औं मिनेटमा अग्रता बनाएको थियो । नेपालका लागि दिपेश राईले गोल गरेका थिए । 

तर नियमितपछि थपिएको ५ मिनेट इन्ज्यूरी समयको अन्तिम मिनेटमा कुवेतले पेनाल्टी पायो । अब्दुलवाहव अलहिन्दीले गोल गरी नेपालसँग अंक खोस्न सफल भए । 

समूहको आफ्नो पहिलो खेलमा घरेलु टोली जोर्डनसँग ७–० को निराशाजनक पराजय ब्यहोरेको नेपालका लागि आत्मविश्वास फर्काउने उपयुक्त अवसर थियो । 

हालैमात्र विश्वकप तथा एसियाली छनोट अन्तर्गतको खेलमा सिनियर टोलीले कुवेतविरुद्ध ठूलो अन्तरको लज्जास्पद पराजय ब्यहोरे पनि युवा टोलीले पनि शानदार प्रदर्शन गरेका थिए । 

पाँच टोली सम्मिलित यस समूहमा नेपालको १  अंक भएको छ । २ खेलबाट कुवेतको ४ अंक छ । समान १ खेल खेलेको जोर्डन र ताजिकिस्तानको ३–३ अंक छ । २ खेलमा पराजय ब्यहोरेको श्रीलंका अंकविहीन छ । 

समूहको तेस्रो खेलमा नेपालले शुक्रबार ताजिकिस्तानको सामना गर्नेछ ।

छनोट चरणमा ११ समूहका शीर्ष हुने टिम एएफसी च्याम्पियनसिपका लागि छनोट हुनेछ । त्यस्तै, उत्कृष्ट ४ उपविजेताले पनि अन्तिम प्रतियोगिताका लागि अवसर पाउनेछ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया