च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
कैलाली – जोशीपुर महादेउली मसामखामकी मनबुझौनी चौधरी अहिले ५० वर्षको हुनुभयो । उहाँ दुई वर्षदेखि नियमित विद्यालय जानुहुन्छ । ‘४ कक्षाका साना बालबालिका सँगै पढ्छु । नेपाली अक्षर सरर पढ्न सक्छु ।’ मनबुझौनी भन्नुहुन्छ, ‘अङ्ग्रेजी अक्षर सामान्य लेख्न र पढ्न थालेकी छु । सिक्दै जांँदा अझ पढ्ने इच्छा बढ्दै जाँंदो रहेछ ।’
उहांँले सात जनाको परिवारका लागि बिहान र सांँझ खाना पकाएर विद्यालयलाई निरन्तरता दिइरहनुभएको छ । ‘श्रीमान् वडाध्यक्ष, बुहारी शिक्षिका र आफू पढ्न नजान्ने हुंँदा कमजोर महसुस भयो, घरमा सल्लाह गरेँ, अनि दुई वर्षदेखि नियमित पोशाकमै विद्यालयमा आउने गरेकी छु ।’ उहांँले भन्नुभयो, ‘म श्रीमानलाई सुनाउंँदै पढ्छु । घरका सबै खुशी छन् । मेरो रहर पनि पूरा भएको छ ।’
उहांँजस्तै जोशीपुर– ३ छोटेलाल स्मृति आधारभूत विद्यालय लक्कडमा आठ महिला विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् । उनीहरू सबै ४० वर्षभन्दा माथि उमेरका छन् । पढ्ने रहरलाई उमेरले छेक्दैन भन्ने भनाइलाई जोशीपुरका आठ आमाले प्रमाणित गरेका छन् । उमेरले धेरै पढ्न नसके पनि हिसाबकिताब राख्न र अक्षर चिन्न सक्ने हुने सबैको इच्छा छ । सावाँ अक्षर पढ्न र लेख्न सक्ने भई व्यावहारिक जीवन अगाडि बढाउने सबैको रहर छ ।
सानो उमेरमा पढ्न नपाएका महिला ४० कटेपछि पढ्न पाएकामा निकै खुशी छन् । ग्रामीण क्षेत्रमा रहेकाले अहिले गाउंँठाउँमा विभिन्न बैठक र महिलासम्बन्धी छलफल हुने भएकाले आफूहरू निरक्षर हुँदा हस्ताक्षरसम्म गर्न नजानेको पीडाले उनीहरूमा पढ्ने इच्छा जागेको हो ।
सामूहिक रूपमा पढ्ने मनसाय र सल्लाह गरेर विद्यालय आउन थालेको अर्का विद्यार्थी पानमति चौधरीले बताउनुभयो । ‘सुरुमा विद्यालय आउँदा धेरैले कुरा काटे, समूहमा संँगै आउने, संँगै जाने गर्याैँ, जसले सहज भयो’, पानमतिले भन्नुभयो, ‘अहिले नियमित विद्यालय आउँदा पढाइ राम्रो भइरहेको छ । सबैले राम्रो गरिरहेछौंँ भन्न थालेका छन् ।’
विद्यालयमा बालबालिकासँगै महिला विद्यार्थीलाई राखेर पढाइ गर्दा खासै समस्या नभएको शिक्षिका श्रीदेवी कठरिया बताउनुहुन्छ । ‘महिला विद्यार्थीहरू छिट्टै लेख्न, पढ्न नसक्ने भए पनि बुझाइ राम्रो भइरहेको छ । सुरुसुरुमा केही समस्या भए पनि अहिले समस्या छैन’, शिक्षिका कठरियाले भन्नुभयो, ‘नजानेका कुरा सोध्ने गर्नुहुन्छ, उनीहरूलाई नेपाली विषयमा कुनै समस्या छैन, अङ्ग्रेजी विषयको अध्यापन गराउँदा बुझाउन समय लाग्छ । अन्य खाली समयमा समेत सिकाउने गरेका छाैँ ।’
विसं २०६६ मा स्थापना भएको छोटेलाल विद्यालयमा पाँच सय विद्यार्थी छन् । विद्यालयमा महिलाहरू आएर पढ्ने मनसाय र व्यवस्थाको माग गरेको हुनाले सोहीबमोजिम भर्ना गरी पढाइरहेको विद्यालयका प्रधानाध्यापक कुमारसिंह कठरियाले बताउनुभयो । ‘शिक्षाबाट वञ्चित भई पढ्न चाहनेको लागि विद्यालयले सधैँ अग्रसरता देखाएको छ’, प्रधानाध्यापक कठरियाले भन्नुभयो, ‘कसैलाई शिक्षाबाट वञ्चित गर्न मिल्दैन, त्यसैले महिला विद्यार्थीलाई अन्य विद्याथीसरह पढाइरहेका छौंँ । उहांँहरूलाई थप कक्षा पनि दिने गरेका छौंँ ।’
उहाँंले स्थानीय तहदेखि अन्य निकायबाट व्यवस्थापनमा सहयोग भए महिला विद्यार्थीलाई प्राथमिकतामा राखेर अध्यापन गराउन सकिने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।