च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी यो सिजनमा पहिलो पटक क्लबको जर्सिमा मैदानमा देखिने भएका छन् । चोटका कारण ला लिगामा उत्रन नसकेका मेस्सी च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा बोरुसिया डर्टमन्डविरुद्ध खेल्ने पक्का भएको छ ।
च्याम्पियन्स लिगका लागि बार्सिलोनाले सार्वजनिक गरेको टिमको सूचीमा मेस्सीको नाम अटाएको छ ।
काल्फको चोटका कारण ला लिगा र त्यस अगाडि बार्सिलोनाको प्रिसिजन टुर गुमाएका मेस्सीको आगमनले बार्सिलोनालाई ठूलो राहत भएको छ ।
बार्सिलोनाका कप्तान मेस्सीले अन्तिम पटक कोपा अमेरिकामा खेलेका थिए । उनले बार्सिलोनाका ला लिगामा सुरुवाती चार खेलमा बेन्चमा बसेका थिए । मेस्सी फिटनेस टेष्ट र मेडिकल टेष्ट पास भएपछि खेल्न तयार भएका हुन् । डर्टमन्डविरुद्धको खेलका लागि अहिलेका युवा सेन्सेसन अंशु फाटी पनि टिममा परेका छन् । उनले ला लिगामा कम उमेरमा २ गोल र एक एसिस्ट गर्ने कीर्तिमान बनाएका छन् ।
च्याम्पियन्स लिगमा मंगलबार राति बार्सिलोनाले डर्टमन्डसँग पौने एक बजे जर्मनमा खेल्दैछ । आफ्ना मुख्य खेलाडी फिट भएपछि क्लबले अवे खेलमा अंक बटुल्ने लक्ष्य लिएको छ ।
बुन्डेस लिगाको दोस्रो स्थानमा रहेको डर्टमन्डले पछिल्ला पाँच खेलमा चारमा जित र एक हार ब्यहोरेको छ भने बार्सिलोनाले तीन जित, एक बराबरी र एक हार ब्यहोरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।