काठमाण्डौ महानगरका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन
बैशाख १२, २०८१ बुधबार
काठमाण्डाै – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक परेको छ ।
उहाँकी ममतामयी आमा चित्रकुमारी रेग्मीको उपचारका क्रममा सोमबार राति मिनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा निधन भएको अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
केही समयदेखि मुटुरोगको उपचार गराइरहनुभएकी ९० वर्षीया रेग्मीको उपचारका क्रममा निधन भएको हो । स्व. रेग्मीका तीन छोरा र चार छोरी हुनुहुन्छ । उहाँको पार्थिव शरीरलाई सोमबार राति नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।