मोटोपन र मुटुरोगको अन्तरसम्बन्ध
फागुन १५, २०८१ बिहिबार
रसुवा – रसुवागढी नाका जोड्ने दुवै सडक अवरुद्ध भएपछि दसैंका लागि आयात भएका सामग्री रसुवागढी भन्सारमा नै रोकिएका छन् ।
अवरुद्ध भएका दुवै सडक खोल्नका लागि शनिबारदेखि काम थालिएको भए पनि धेरै स्थानमा पहिरो गएको र २४ वटा ह्युम पाइप राख्नपर्ने भएपछि सडक खुल्न सकेको छैन । रसुवागढी भन्सार कार्यालयका अनुसार चार सय भन्दा बढी सामग्री बोकेका कन्टेनर भन्सार यार्डमा रोकिएका छन् ।
दसैँका लागि रेडिमेड सामग्री र स्याउ आयात भएको छ ।
यता सडक अवरुद्ध भएपछि व्यापारीले डाइभर्ट गरेर सामग्री तातोपानीबाट लैजाने तयारी गरेका छन् । दसैँका सामग्री समयमा नै पुर्याउन नसक्ने देखिएपछि व्यापारी उता लागेका हुन् ।
दैनिक ३०/४० वटा कन्टेरको जाँचपास भइरहेको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताउनुभयो । सडक यही भदौ २५ गतेदेखि बन्द भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।