च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
च्याम्पियन्स लिग अन्तर्गत अन्तिम मिनेटमा अतिरिक्त खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका खेलाडीले गोल गर्दा एट्लेटिको मड्रिडले युभेन्टसलाई २–२ गोलको बराबरीमा रोक्न सफल भयो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा युभेन्टसले २ गोलको अग्रता जोगाउन सकेन । समूह डी अन्तर्गतको खेलमा रोनाल्डोको टिमले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो ।
तर दोस्रो हाफमा भने चार गोल भए । जसमा ४८ औं मिनेटमा जु क्वाडार्डोले गोल गर्दै इटालियन च्याम्पियन युभेन्टसलाई अग्रता दिलाए । त्यसपछि ६५ औं मिनेटमा मतुइदीले गोल गर्दै युभेन्टसलाई २–० ले अगाडि राखे ।
२ गोलले पछि परेपछि निकै आक्रामक फुटबल खेलेको एट्लेटिकोले ७० औं मिनेटमा साभिकको गोलमा अन्तर २–१ मा पुर्ययो । त्यसपछि ९० औं मिनेटमा सब्सिच्युट खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका हिरीराले गोल गर्दै युभेन्टसले हासिल गरिसकेको अंकलाई खोस्न सफल भयो ।
युभेन्टसका लागि पहिलो पटक च्याम्पियन्स लिगमा डेब्यू गरेका आरोन राम्सेलाई अन्तिम समयमा मैदानमा प्रवेश गराइएको थियो । तर उनले कुनै प्रभाव बनाउन सकेनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।