ओमान र सिंगापुरसँगको टी २० सिरिजको लागि नेपाली टिम घोषणा, ऐरीलाई उपकप्तानको जिम्मा

 असोज २, २०७६ बिहीबार ११:१५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालले आसन्न सिंगापुर र ओमानमा हुन लागेको  टी–२० क्रिकेट सिरिजका  लागि टिम घोषणा गरेको छ ।

नेपालले सिंगापुरमा घरेलु  टिमसहित  जिम्बाब्वेविरुद्ध  सिरिज  खेल्दै  छ  भने  त्यसपछि  आयरल्याण्ड, नेदरल्याण्ड्स, हङकङ र ओमनसँगको सिरिज खेल्ने छ । मातृशोकका  कारण  घर  फर्किएका प्रशिक्षक उमेश पटवाल बुधबार नेपाल  फर्किएकाले  बिहीबार नेपाली टिमको घोषणा गरिएको हो ।

नेपाल क्रिकेट संघ क्यान आईसीसीको प्रतिबन्धमा परेकाले प्रशिक्षक, कप्तान र आईसीसीका प्रतिनिधिले टिम छनोट गर्दै आएका छन् । आसन्न दुवै सिरिजका लागि घोषणा गरिएको १५ सदस्यीय टिममा कप्तान खड्कासहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललितनारायण राजवंशी, पवन शर्राफ, सन्दीप लामिछाने, सन्दीप जोरा, अभिनास वोहरा, कुशल मल्ल, इशान पाण्डे, रोहित पौडेल, आशिफ शेख रहेका छन् । 

नियमित उप–कप्तान ज्ञानेन्द्र मल्लले यो सिरिजमा सहभागिता नजनाउने भएपछि उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीले पाएका छन् । यसैगरी शरद भेषावकर र बसन्त रेग्मीलाई विश्राम दिइएको छ । १५ सदस्यीय टिममा इशान भने पहिलो पटक टिममा पर्न सफल भएका छन् ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया