च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - काठमाण्डौमा शुक्रबारदेखि सुरु हुने साफ यू–१८ च्याम्पियनशिपकाे उदघाटन खेलमा नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।
बिहीबार आयोजित भएको प्रि-म्याच कन्फ्रेन्समा बोल्दै नेपाली टिमका प्रशिक्षक चेतनारायण श्रेष्ठले नेपाल उपाधि रक्षाको अभियानमा रहेको र त्यसका लागि पहिलो खेलदेखि नै जित निकाल्ने लक्ष्यमा रहेको बताउनुभयाे ।
यसका साथै उहाँले माल्दिभ्स टिम राम्रो भए पनि घरेलु मैदानमा नेपाललाई फाइदा रहेको बताउनुभयाे । हलचोकमा रहेकाे सशस्त्र प्रहरी बलको मैदानमा हुने खेल दिउँसो तीन बजेबाट सुरु हुनेछ ।
नेपाली टिमको कप्तानी जय गुरुङले गर्दैछन् । यता माल्दिभ्सले पनि नेपाली टिमविरुद्ध आक्रामक खेल खेल्ने लक्ष्य रहेको बताएको छ।
नेपाली टिमका प्रशिक्षक श्रेष्ठले यसपटकले टिम निकै ब्यालेन्स रहेको र स्ट्राइकरमा मनिश डाँगी आएपछि टिम झन बलियो भएको बताउँदै साविक विजेताको नाताले नेपाललाई जित्नैपर्ने दबाब रहेको भए पनि मैदान विना दबाब उत्रने उनले जानकारी दिनुभयाे ।
समूह ए मा रहेको नेपालले दोस्रो खेलमा भुटानसँग खेल्नेछ । यसका साथै कार्यक्रममा ट्रफी पनि सार्वजनिक गरिएको थियो । सबै टिमका कप्तानले एकसाथ ट्रफी सार्वजनिक गरेका थिए ।
यस्ताे छ नेपाली टिम
गोलकीपरः विशाल सुनार, सूर्य अधिकारी र पुजन होना
डिफेन्डरः विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, अलिक रुम्बा, अन्जल महर्जन
मिडफिल्डः शिशिर लेखी, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाँल, नितिन थापा
फरवार्डः बृजेश चौधरी, सचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।