टेलिकमकाे कर्मचारी हुँ भन्दै ब्याट्रीलगायतका सामान बेच्ने चार ...
माघ ११, २०७७ आइतबार
क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टिम बार्बाडोस ट्रिडेन्ट पराजित भएको छ ।
पानी परेपछि डीएल मेथड अनुसार गुयना बार्बाडोसविरुद्ध १२ रनले विजयी भएको हो ।
पहिला ब्याटिङ गरेको बार्बाडोसले सबै विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो । बार्बाडोसका लागि जेपी डुमेनीले सर्वाधिक ३८ रन बनाए । क्रिस ग्रीनले सर्वाधिक ४ विकेट लए । १३९ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको गुयनाले ९ ओभरमा २ विकेट गुमाएर ६८ रन बनाएका बेला पानी परेपछि खेल रोकिन पुग्यो ।
त्यसपछि १४ ओभरमा ९४ रनको नयाँ लक्ष्य लिएर मैदान उत्रिए पनि ११ ओभरमा फेरि पानी परेपछि गुयनाले ११ ओभरमा ७० रनको नयाँ लक्ष्य पायो । तर ११ ओभरमा गुयनाले ८१ रन बनाएकाले गुयना विजयी भयो । बेण्डन किंगले नट आउट ५१ रनको पारि खेलेपछि गुयनालाई जित निकाल्न सफल भयो ।
आजको खेलमा सन्दीप लामिछानले ३ ओभर बलिङ गर्दा २१ रन खर्चिँदै १ विकेट लिए ।
लगातार पाँचौ खेलमा टिममा परेका सन्दीपले पहिलो ओभरमा कसिलो बलिङ गर्न सफल भए ।
उनले यो ओभरमा एक छक्का खान पुगे । पहिलो बल डट फालेको सन्दीपले दोस्रो बलमा एक रन दिएका थिए । त्यसपछि तेस्रो बलमा हेमराजले छक्का प्रहार गर्दा त्यसपछिका लगातार २ बल डट फाले । अन्तिम बलमा उनले एक रन खर्चिए ।
ब्यक्तिगत दोस्रो तथा टिमका लागि आठौँ ओभरमा उनले मात्र ४ रन दिएर विकेट लिए । सन्दीपले पहिलो बलमा नै विकेट लिन सफल भए । उनले यो खेलमा पहिलो ओभरमा नै छक्का खाएका हेमराजलाई पेभेलियनको बाटो देखाए । उनले हेमराजलाई २० रनमा आउट गरे ।
त्यसपछि दोस्रो र तेस्रो बलमा एक एक रन दिएका सन्दीपले चौथो बल डट फाले । ओभरको पाँचौ बलमा उनले एक रन खर्चिन पुगे । त्यसपछि अन्तिम बलमा पनि एक रन दिएका उनले आफ्नो दोस्रो ओभरमा किफायती बलिङ गर्दे मात्र चार रन दिएर विकेट लिए ।
त्यसपछि ब्यक्तिगत तेस्रो तथा टिमको १० औं ओभरमा सन्दीप केही महंगो बने उनले यो ओभरमा २ चौका खान पुगे । यो ओभरमा सन्दीपले ९ रन दिए ।
ओभरको पहिलो बल डट फालेका सन्दीपले दोस्रो बलमा एक रन दिएका थिए । त्यसपछिका लगातार २ बल डट फालेका उनले अन्तिम २ बलमा चौका खान पुगे ।