युद्धस्तरमा काम अघि बढाउन सबै मन्त्रालयलाई प्रधानमन्त्रीकाे निर्देशन

 असार ३०, २०७५ शनिबार १८:५२:२० | उज्यालो सहकर्मी

काठमाडाैं - प्रधानमन्त्री केपी ओलीले कामलाई युद्धस्तरमा अघि बढाउन सबै मन्त्रालयलाई कडा निर्देशन दिनुभएको छ ।

उहाँले शनिबार पनि १३ वटा विषयगत मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेशपछि मन्त्रीहरुलाई कामलाई युद्धस्तरमा अघि बढाउन सचेत गराउनु भएको हो ।

सिंहदरबारमा जारी छलफलमा उहाँले समय सीमा तोकेर देश र जनताको हितमा कामलाई युद्धस्तरमा अघि बढाउन ढिलाई गर्न नहुने बताउनु भएको थियो ।

यस अघि प्रधानमन्त्री ओलीले १२ वटा विषयगत मन्त्रालयको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारे मन्त्रीहरुसँग सामूहिक छलफल गर्नु भएको थियो ।

आज १३ वटा मन्त्रालयसँग छलफल जारी रहेको र कामलाई युद्धस्तरमा अघि बढाउने गरी अघि बढन प्रधानमन्त्रीले निर्देशन दिनु भएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी ढंगले संचालन गर्न मन्त्रीहरुलाई कार्यान्वयन कार्ययोजना तय गर्न पनि निर्देशन दिनुभएकाे थियाे ।

त्यही निर्देशन अनुसार मन्त्रीहरुले पेश गरेको कार्ययोजनामाथि शनिबार पनि छलफल जारी छ ।

कार्ययोजनामा बजेट र त्यसको कार्यान्वयन गर्ने मितिसहितको योजना पनि समेटिएको सरकारका प्रवक्ता बास्कोटाले बताउनु भयो ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट यही श्रावण १ गतेदेखि कार्यान्वयनमा लैजानेछ ।

अन्तिम अपडेट: चैत १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया