समूह चरणबाटै बाहिरिइसकेका पाकिस्तान र बङ्गलादेश सान्त्वना जीत...
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ – काठमाण्डौमा भाइरल ज्वरो, स्क्रब टाइफस र रुघाखोकीका बिरामी बढेका छन् ।
टेकु अस्पतालको ओपीडीमा मात्रै दैनिक ४ सय जनाभन्दा बढी भाइरल ज्वरो, स्क्रब टाइफस, रुघाखोकी र जोर्नीसम्बन्धी बिरामीहरु आउने गरेका छन् । यस्तै, ५ सय जनाभन्दा बढी रिपोर्ट देखाउनका लागि आउने गरेको अस्पतालले जनाएको छ ।
उपचारका लागि आउने बिरामी मध्ये धेरैमा बढी इन्फ्लुएन्जाका बिरामी रहेको अस्पतालमा कार्यरत डाक्टर अनुप बास्तोलाले बताउनुभयो । डा. बास्तोलाका अनुसार बिरामी भएर आउनेमा भाइरल ज्वरो आएकाहरु डेंगीको शंकामा अस्पताल आएको उहाँले बताउनुभयो ।
सामान्यतयाः रुघाखोकी लागेको अवस्थामा घरमै सुरक्षित भएर बसे आफैँ पनि निको हुन्छ । तर, बिरामीलाई सय डिग्रीभन्दा बढी ज्वरो आएमा, एक हप्ताभन्दा समय निरन्तर रुघाखोकीले सताइरहे त्यो कडा खालको इन्फ्लुएन्जा भएकाले त्यस्तो समस्या देखिए तुरुन्त चिकित्सककोमा पुगिहाल्नुपर्ने उहाँले बताउनु भयो ।
ज्वरोको समस्या लिएर आउनेमा ज्येष्ठ नागरिक, बालबालिका र महिलाको सङ्ख्या धेरै छ । लक्षणका आधारमा भाइरलको सङ्क्रमण भएका बिरामीकोे उपचार गरिँदै आएको डाक्टर बास्तोलाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।