साफ यू-१८ च्याम्पियनसिपको समूह चरणबाट नै बाहिरियो नेपाल

 असोज ७, २०७६ मंगलबार १७:४:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल साफ यू-१८ च्याम्पियनसिपको समूह चरणबाट नै बाहिरिएको छ ।

समूह 'ए' को अन्तिम खेलमा भुटान र माल्दिभ्सबीचको खेल गोलरहित बराबरी भएपछि नेपाल समूह चरणबाट नै बाहिरिएको छ । 

हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको खेलमा भुटानले माल्दिभ्सलाई कम्तीमा चार-शून्यले हराएमा नेपालको सेमिफाइनल पुग्ने सम्भावना रहेको थियो । तर त्यसको विपरीत भुटान र माल्दिभ्सबीचको खेल गोलरहित बराबरीमा सकियो । जसका कारण साविक विजेता नेपाल घरेलु मैदानमा समूह चरण पार गर्न सकेन । 

नेपालले आफ्ना दुई खेलमा माल्दिभ्स विरुद्ध एक-एक गोलको बराबरी खेलेको थियो भने भुटानसँग तीन-शून्यले हारेको थियो । 

उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य रहेको बताएको टिमले आफ्नो खेलमा राम्रो गर्न नसक्दा अरुको भर परेको थियो । तर विपक्षी टिमको खेलले पनि साथ दिएन । 

भुटान र माल्दिभ्सले त्यस्तो आक्रामक फुटबल खेल्न सकेनन् । दुवैलाई बराबरीले पनि सेमिफाइनलमा पुग्ने अवस्था रहेकाले पनि आनन्दको खेल खेले । प्रतियाेगितामा भाेलि भारत र श्रील‌काबीच खेल हुनेछ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया