पत्रकार पुडासैनी आत्महत्या प्रकरण : वकपत्र सकियो, पहिलो पेशी कात्तिक २७ मा

 असोज ७, २०७६ मंगलबार १९:४५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – सञ्चारकर्मी रवि लामिछानेसहित अन्य २ जनाविरुद्ध चलिरहेको आत्महत्या दुरुत्साहन मुद्दामा साक्षीसँगको बयान लिने काम सकिएको छ । वादीतर्फ १२ जना र प्रतिवादीतर्फका ४ जनाको वकपत्र लिने काम सकिएको हो ।

आइतबार, सोमबार र मंगलबार ३ दिनसम्म वादी र प्रतिवादीतर्फको वकपत्र लिने काम भएको जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिनुभयो ।

वकपत्र लिने काम सकिएसँगै मुद्दाको पेशी २७ गतेका लागि तोकिएको छ । वकपत्रका लागि बादीतर्फका २ जना नआएको भए पनि आवश्यक पर्दा पछि अदालतले झिकाउने उहाँले बताउनुभयो ।

नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको गएको साउन २० गते नारायणगढमा भएको आत्महत्या घटनामा सञ्चारकर्मी लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध जिल्ला अदालत चितवनमा आत्महत्या दुरुत्साहनको मुद्दा दायर भएको छ ।

सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेललेउच्च अदालत पाटनको हेटौँडा इजलासमा जिल्ला अदालत चितवनको फैसला चित्त नबुझेको भन्दै फैसला बदर गर्न संयुक्त निवेदन दिएका छन् ।

सम्बन्धित समाचार


अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया