लेदो माटो हटाएपछि गल्छीको सडक खुल्यो

 असोज ८, २०७६ बुधबार ६:५३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी सडकमा गाडी चल्न थालेका छन् ।

मंगलबार बेलुकी गल्छी गाउँपालिकाको वडा नम्बर ७ गल्छीबजार नजिकै लेदो माटोसहितको पहिरो खसेपछि बन्द भएको सडक बिहानदेखि खुलेको धादिङ प्रहरीले जनाएको छ ।

लेदो माटोसहितको पहिरो सडकमा बग्न थालेपछि राती आलोपालो गरि एकतर्फी मात्रै गाडी चल्दा भएको जाम खुल्न भने केही समय लाग्ने भएको छ ।

सडक माथिबाट लेदो माटो खस्ने गर्दा गल्छीमा पटकपटक सडक अवरुद्ध हुने गरेको छ ।

अन्तिम अपडेट: असोज ११, २०७६

तपाईको प्रतिक्रिया