औषधि पसलहरुको अनुगमनमा कडाइ गरिने

 असोज ८, २०७६ बुधबार १५:३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले औषधि पसलहरुको अनुगमनमा कडाइ गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले चिकित्सककाे प्रेसक्रिप्सनविना नै औषधि बिक्री भइरहेकोले औषधि पसलहरुको अनुगमनमा कडाइ गर्न लागिएको बताउनु भएको हो । ‘वर्ल्ड फर्मासिष्ट डे’ को अवसर पारेर बुधबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले औषधि पसलहरुको अनुगमन तथा त्यसका सामग्रीहरुको व्यवस्थापनका लागि सरकारले छुट्टै महाशाखा स्थापना गर्ने तयारी गरिरहेको पनि बताउनु भयो ।

औषधि पसलहरुको अनुगमनको काम संघीय सरकार आफैँले गर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै जिम्मेवारीबाट पन्छिन नमिल्ने पनि राज्यमन्त्री यादवको भनाइ थियो ।

राज्यमन्त्री यादवले औषधि पसलहरुको अनुगमनमा उद्योग मन्त्रालय र अर्थ मन्त्रालयबाट आवश्यक सहयोग पाउन नसकेको गुनासो पनि गर्नुभयो ।

अन्तिम अपडेट: चैत १८, २०८०

तपाईको प्रतिक्रिया