मलाई स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा मन्त्रालयसँग छैन : कुलमान घ...
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै - जाजरकोटमा बन्ने ४ सय १७ मेगावाटको नलसिंहगाड जलविद्युत परियोजना अघि बढाउन जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका सहमत भएको छ ।
जापान भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिंँचाइमन्त्री वर्षमान पुन र जाइकाका कार्यकारी उपाध्यक्ष काजुहिको कोशिकावाबीच बिहीबार भएको भेटवार्तामा नलसिंंहगाड परियाेजना अघि बढाउने सहमति भएको हो । छलफलमा उर्जा मन्त्रालयका सहसचिव तोया अधिकारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतका उच्च अधिकारी सहभागी हुनुहुन्थ्याे ।
उर्जामन्त्री पुनले जाइकाले पीपीपी मोडेलमा आयोजना अघि बढाउनेगरी प्रस्ताव गरेको र जाइकाले परियोजनालाई उच्च प्राथमिकतामा जानकारी दिनुभयो । यस्तै त्यसका साथै छलफलको क्रममा जाइकाका उपाध्यक्ष कोशिकावाले नेपालको उर्जा क्षेत्रमा थप लगानी गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
भेटमा मन्त्री पुनले नेपालमा पाँच वर्षका लागि स्थायी सरकार रहेको भन्दै थप लगानीका लागि आग्रह गर्नुभएको छ ।
आउँदाे १० वर्षमा नेपालले १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र उत्पादित बिजुली बेच्नका लागि भारत र बंगलादेशसँग सम्झौता भइसकेको मन्त्री पुनको भनाइ थियो ।
‘जाइकासँगको छलफल अत्यन्तै सकरात्मक भएको छ, डीपीआरको अध्ययनलगत्तै परियोजनालाई अघि बढाउने गरी पहल थाल्ने प्रतिबद्धता जनाउनुभएकोले पनि यसले चाँडै मूर्त रुप पाउनेमा म आशावादी छु ।’ मन्त्री पुनले भन्नुभयो ।
जापानमा जलविद्युतको क्षेत्रमा काम गर्ने २५ कम्पनीका प्रतिनिधिले भेटे उर्जामन्त्रीलाई
मन्त्री पुनले जापानी लगानीकर्तालाई नेपालमा लगानी गर्नसमेत आग्रह गर्नुभएको छ । चार दिने जापान भ्रमणमा रहेका मन्त्री पुनले २५ भन्दा बढी कम्पनीका प्रतिनिधि र १ सय जना सहभागी भएको अन्तरक्रिया कार्यक्रममा नेपालको जलविद्युत क्षेत्रमा लगानीका लागि सरकारले उपयुक्त वातावरण बनाएको भन्दै नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा मन्त्री पुनले जापानी लगानीकर्तालाई नेपाली लगानीकर्तासरह सुविधा दिने घोषणा समेत गर्नुभएको छ ।
उहाले भन्नुभयो, ‘तपाईँहरुले नेपालमा लगानी गर्नुभयो भने हामीले नेपाली लगानीकर्तासरह नै सुविधा दिन्छौँ । उत्पादित बिजुली पनि हामीले नै खरिद गर्छौँ,बजारको पनि चिन्ता नगर्नुहोस् ।’
मन्त्री पुनले उत्पादकले चाहेमा छिमेकी देशमा बेच्ने वातावरण समेत बनाइदिने प्रतिबद्धता जनाउनुभएको थियो । अन्तरक्रियामा जापानमा जलविद्युतको क्षेत्रमा काम गरिरहेका तोसिबा, कान्साई, टोकियो इलेक्ट्रोनिक्स, न्युजेक इलेक्ट्रोनिक्सलगायत कम्पनी सहभागी थिए । कार्यक्रमको संयोजन समेत जाइकाले गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।