च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – जारी साफ यू–१८ फुटबल च्याम्पियनिसपमा बंगलादेश फाइनलमा पुगेको छ । गएको संस्करणको उप–विजेता बंगलादेशले भुटानलाई ४–० गोल अन्तरले पराजित गरी दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।
समूह चरणमा समान गोल अन्तर भएपछि भारतसँग गोला प्रथामा उप–विजेता भएको बंगलादेशले समूह ए को विजेता भुटानमाथि ३–० को सानदार जित दर्ता गर्न सफल भयो । तीन गोल पहिलो हाफमा गरेको बंगलादेशले दोस्रो हाफमा १ गोल थपेको थियो ।
हलचोकस्थित एपीएफ मैदानमा बंगलादेशले पहिलो हाफको दोस्रो मिनेटमै अग्रता बनाएको थियो । कप्तान यासिन आराफातले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।
२७ औं मिनेटमा मोहम्मद अहमेद फाहिमले गोल गर्दै बंगलादेशलाई दुई शून्यको अग्रता दिलाए । भुटानमाथि सुरुदेखि नै दबाव बनाएको बंगलादेशले ३२ औं मिनेटमा मोहम्मद मराजले तेस्रो गोल थपेका थिए ।
पहिलो हाफमा ३ गोल गरेको बंगलादेशमाथि दोस्रो हाफमा भुटानले सम्हालिएर खेले पनि गोल फर्काउन भने असफल रह्यो । खेल सकिन केही मिनेट बाँकी रहेका बेला बंगलादेशका दिपकले डी बक्स बाहिरबाट गोल गर्दै ४–० को फराकिलो जित दिलाए । शुक्रबार अर्को सेमिफाइनलमा भारत र माल्दिभ्स खेल्दैछन् । यो खेलको विजेताले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।