‘चुनावमा जनतासँग गरेका घाेषणा भुलेका छैनाैँ, नेताले बाटाे बिराउन खाेजे खबरदारी गर्नुस्’

 असोज ११, २०७६ शनिबार १६:१३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले चुनावी घोषणालाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेकाले निराश नहुन आग्रह गर्नुभएको छ । 

दशैँ, तिहार, नेपाल संवत्, छठ र ल्होसार पर्वका शुभकामना आदानप्रदान तथा हालसम्म भएका विकासका गतिविधिको सार्वजनिकीकरण कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले चुनावमा जनतामाझ पुगेर गरेका घोषणा आफूहरुले नभुलेको बताउनुभयो ।     

नेताले बाटो बिराउन लागेको देखे खबरदारी गर्न पनि मन्त्री पोखरेलले आह्वान गर्नुभयो । उपप्रधानमन्त्री पोखरेलले जनताका काम गर्न जनप्रतिनिधिले कुनै बहानाबाजी गर्न नहुने बताउनुभयो । 

‘जनप्रतिनिधि जनताले बनाएका हुन्’, रक्षामन्त्री पोखरेलले भन्नुभयो, ‘म यसप्रति गम्भीर छु । तपाईंहरुका कुनै समस्या भए वडामार्फत ती समस्या सिधै मसँग बाँड्न सक्नुहुन्छ, म समाधान गर्न पहलकदमी लिन्छु ।’   

कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता लगायतकाे उपस्थिति रहेकाे थियाे । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया