त्रिकाेणात्मक सिरिज: पारसकाे शतकसँगै नेपालद्वारा सिंगापुर ९ विकेटले पराजित

 असोज ११, २०७६ शनिबार २०:१७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

कप्तान पारस खड्काको विस्फोटक शतककाे मद्दतले नेपालले नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको छ ।

त्रिकाेणात्मक सिरिज अन्तर्गत घरेलु टोली सिंंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले ४ ओभर बाँकी छदै लक्ष्य पूरा गरेको थियो । ९ रन हुँदा इशान पाण्डे आउट भएपछि क्रिजमा आएका आरिफ शेखले कप्तान पारसलाई गतिलो साथ दिए । पारसले २९ बलमा अर्धशतक बनाएका थिए ।

आक्रामक पारी खेलेका पारसले ९ छक्का र ७ चौका प्रहार गरे । कप्तान खड्का ५२ बलमा १०६ रनमा नट आउट रहे । आरिफ शेखले ३८ बलमा नट आउट ३९ रन बनाए ।  

इण्डियन एसोसिएशन मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोली सिंगापुरले सिंंगापुरले २० ओभरमा तीन विकेट गुमाउँदै १५१ रनको योगफल तयार पारेको थियो ।

सिंंगापुरका लागि टिमोथि डेभिडले अविजित ६४ रनको योगदान दिए ।  त्यस्तै सुरेन्द्रन चन्द्रमोहनले ३५ रतथा जनक प्रकाशले अविजित २५ रन मनप्रित सिंंहले १५ रन जोडे ।

बलिङतर्फ करण केसीले दुई तथा सुशन भारीले एक विकेट लिए । यसअघि हिजो भएको आफ्नो पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया