दशैँमा नेपाल टेलिकमकाे अफरै अफर

 असोज १२, २०७६ आइतबार १९:१८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल टेलिकमले नेपालीहरुको चाड दशैँकाे उपलक्ष्यमा कम्पनीका सेवाहरुमा छुट उपलब्ध गराएको छ । 

कम्पनीका अनुसार फोरजी/एलटीई र अन्य सेवाहरुमा विशेष छुटसहितका अफरहरु छन् । यीमध्ये रिचार्जमा बोनस बाहेकका अफरहरु घटस्थापना अर्थात असोज १२ गतेदेखि नै लागू भएका छन् ।

फोरजी/एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । टेलिकमले अर्को सूचना जारी नगरेसम्म यो अफर रहिरहनेछ । ग्राहकले *444# डायल गरी सिम परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन सक्नेछन् । 

पहिलो पटक फोरजी/एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई दुई दिनको समयावधिसहितको दुई सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराइने छ । यो छुट पनि कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने छ । 

हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहकले *444# डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सक्नेछन् । 

त्यस्तै पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध गराइएको छ । यो पनि अर्काे सूचना जारी नभएसम्म रहने छ । 

आफ्नो मोबाइलमार्फत *1400# डायल गरेर दिइएका विकल्प अनुसार अथवा unsub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा हटाउन सकिने छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिन्छ ।

प्रिपेड ग्राहकले पनि आगामी छठ (कात्तिक १६ गते) सम्म मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क खरिद गर्न सक्नेछन् । आफ्नो मोबाइलमार्फत *1400# डायल गरेर दिइएका विकल्प अनुसार अथवा sub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा प्राप्त गर्न वा unsub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा हटाउन सकिन्छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिन्छ ।

मिस्ड कल अलर्ट (एमसीए) ले नेटवर्क नभएको, मोबाइल बिजी भएको वा मोबाइल फोन स्विच अफ भएको समयमा पनि पछि स्विच अन गर्दा यसरी छुटेका वा मिस्ड भएका कलहरुको अलर्ट दिन्छ ।   

रिचार्जमा बोनस : जीएसएम/सीडीएमए ग्राहकका प्रिपेड/पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस पनि पाइनेछ । विजयादशमीको अवसरमा आगामी असोज १८ देखि २४ गतेसम्म रिचार्ज कार्ड वा एमपोस (MPoS) बाट रिचार्ज गर्दा बोनस पाइनेछ । याे योजनामा ५०, १०० र २०० रुपैयाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र ५०० र १००० रुपैयाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ ।

तर ५०, १०० र २०० रुपैयाँकाे को बोनस ३ दिनभित्र र ५०० र १००० रुपैयाँको बोनस ५ दिनभित्र उपयोग गरिसक्नुपर्नेछ । त्यसैगरी एमपोसबाट १० देखि ४९९ रुपैयाँसम्मको रिचार्ज गर्दा १० प्रतिशत र ५०० वा माथिकाे रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । सो बोनस क्रमशः ३ दिन र ५ दिनभित्र उपयोग गरिसक्नु पर्नेछ ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया