रिजालमाथि आक्रमण प्रयास भएकोमा ध्यानाकर्षण

 असोज १३, २०७६ सोमबार ७:३६:५६ | रासस
unn.prixa.net

काठमाण्डौ –प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले तनहुँमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले काङ्ग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालमाथि आक्रमण गर्न खोजेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै नेता रिजालमाथि नेकपाका कार्यकर्ताले गरेको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । तनहुँको रिसिङ गाउँपालिकाको भवन शिलान्यास कार्यक्रममा जानुभएका नेता रिजाल, काङ्ग्रेस तनहुँका कार्यवाहक सभापतिलगायतलाई नेकपाका कार्यकर्ताले खुकुरी, भाला, लाठी, ढुङ्गा र सिसीले आक्रमणको प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ । 

कार्यक्रमका विषयमा स्थानीय प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले बेवास्ता गरेको काङ्ग्रेसले जनाएको छ । गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट भवनको शिलान्यास डा. रिजालबाट गराउने निर्णय गरेपछि उहाँ त्यहाँ जानुभएको हो ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया