पाकिस्तानले जिम्बावेलाई १० विकेटले हरायाे
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका तथा च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ ।
कम्पनीले बिक्री गर्ने जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो रुपैयाँ ५५० र च्याङ्ग्राको मूल्य प्रतिकिलो ७३० रुपैयाँ निर्धारण गरिएको छ । उपभोक्तालाई खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिई मूल्य निर्धारण गरिएको कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनले जानकारी दिनुभयो ।
कम्पनीले साेमबारदेखि साविकको खाद्य संस्थानको थापाथलीस्थित बाग्मती अञ्चल कार्यालय (सदन धान गोदाम)बाट खसी, बोका तथा च्याङ्ग्राको बिक्री सुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा ती खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरिएको हो ।
सरकारले दशैँका समयमा उपभोक्तालाई थारै भए पनि राहत दिन विगतमा झैँ यसपटक पनि खसी, बोका तथा च्याङ्ग्रा बिक्री गरेको हो । सरकारी मूल्य निर्धारणले बजारमा मूल्य हस्तक्षेप गर्न सहयोग मिल्ने उहाँले बताउनुभयो ।
यस वर्षका लागि कम्पनीले काठमाण्डौ उपत्यकामा झण्डै तीन हजारको सङ्ख्यामा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेको छ । त्यसका लागि एक हजार ९२० च्याङ्ग्रा र झण्डै एक हजार खसी, बोका राजधानी ल्याइँदै छ ।
केही खसी, बोका तथा च्याङ्ग्रा काठमाण्डौ आइसकेका छन् । अरु एक/दुई दिनभित्र ल्याइने महाप्रबन्धक गौचनले जानकारी दिनुभयो । कम्पनीले बिक्री गर्ने सहुलियतको खसी, बोका तथा च्याङ्ग्रामा व्यापारीको प्रवेश निषेध गरिएको छ । सम्भव भएसम्म एक परिवारलाई एक खसी, बोका तथा च्याङ्ग्रा बिक्री गरिने उहाँको भनाइ छ ।
घाटा खाएर उपभोक्तालाई राहत
सरकारले खसी, बोका तथा च्याङ्ग्रा बिक्रीमा घाटा खाएर उपभोक्तालाई राहत दिएको छ । खरिद मूल्यभन्दा कममा उपभोक्तालाई बिक्री गर्न लागिएको महाप्रबन्धक गौचनले जानकारी दिनुभयो । कम्पनीले खसी, बोका ढुवानीबाहेक जिउँदो प्रतिकिलो ५७० रुपैयाँ र दाङबाट प्रतिकिलो ५३५ रुपैयाँमा खरिद गरेको छ ।
त्यस्तै च्याङ्ग्रा जिउँदो प्रतिकिलो ५६० रुपैयाँमा खरिद गरिएको छ । कम्पनीले च्याङ्ग्रा मुस्ताङबाट खरिद गरेर ल्याएको हो । ती च्याङ्ग्रा चार दिन हिँडाएर ल्याएको बताइएको छ । कम्पनीले मुस्ताङबाट एक हजार ९२० च्याङ्ग्रा र मकवानपुर तथा दाङबाट एक हजार खसीबोका खरिद गरेको हो ।
अहिले राजधानीका अन्य खसीबजारमा जिउँदो खसी बोका ६५० रुपैयाँ र च्याङ्ग्रा ७५० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । सम्बन्धित जिल्लास्थित प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको खरिद समितिले गरेको मूल्यका आधारमा ती खसी, बोका तथा च्याङ्ग्रा किसानसँग खरिद गरिएको कम्पनीले जनाएको छ ।
सरकारले सिधै किसानको गोठबाट खरिद गर्दा उनीहरुले पनि उचित मूल्य पाएको कम्पनीको महाप्रबन्धक गौचनले बताउनुभयो । सरकारले खरिद गरेको मूल्यका आधारमा नै अन्य किसानले पनि खसी, बोका तथा च्याङ्ग्रा बिक्री गरेका छन् ।
खसी, बोका तथा च्याङ्ग्रा व्यापारीले किसानबाट सस्तोमा खरिद गरेर उपभोक्तालाई महँगोमा बिक्री गर्ने गर्दछन् । जसबाट किसान र उपभोक्ता दुवै मारमा पर्ने गरेका पाइन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।