नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - सिंगापुरमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले आफ्नो तेस्रो खेलमा मंगलबार जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्नेछ । सिंगापुरको इन्डियन एसोसियशन मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ सवा ५ बजेबाट सुरु हुनेछ ।
हरेक टिमले एक अर्काविरुद्ध दुई-दुई खेल खेल्ने भएकाले नेपालले जिम्बाब्वेविरुद्ध मंगलबार दोस्रो खेल खेल्न लागेको हो । प्रतियोगिताको पहिलो खेलमा नेपालले जिम्बाब्वेसँग ५ विकेटको हार बेहोरेको थियो । टी-२० मा जिम्बाब्वेविरुद्ध ऐतिहासिक जितको नजिक पुगेर पनि नेपाली टिम चुक्न पुगेको थियो ।
त्यस खेलको अधिकांश भागमा नेपाल बलियाे अवस्थामा रहे पनि अन्तिममा लगातार बाउन्ड्री खाँदा नेपाल पराजित हुन पुगेको थियो । जितको नजिक पुगेर पनि हारेको नेपाली टिमले मंगलबार भने त्यसको बदला लिनुका साथै जिम्बाब्वेविरुद्ध टी-२० मा पहिलो जित निकाल्ने लक्ष्यमा रहेको छ ।
जिम्बाब्वेका मुख्य तीन खेलाडी टिममा नरहेका बेला नेपाललाई त्यो अवसर पनि रहेका छ । किनकी जिम्बाब्वे आफ्नो दोस्रो खेलमा सिंगापुरसँग हार्न पुगेको थियो । नेपाल भन्दा अनुभवी टिम भए पनि पछिल्लो पटक जिम्बाब्वे क्रिकेट खस्कँदो अवस्थामा छ । आईसीसीको प्रतिबन्धमा उसको क्रिकेट बोर्ड रहेको छ ।
मंगलबार जिम्बाब्वेलाई हराएमा नेपालले उपाधि जित्ने सम्भावना बलियो हुनेछ । यसका लागि नेपालले अन्तिम खेलमा सिंगापुरलाई हराउनु पर्नेछ । नेपालले सिंगापुलाई नौ विकेटले हराएको थियो भने सिंगापुरले जिम्बाब्वेलाई चार रनले पाखा लगाएको थियो ।
मंगलबारको खेलमा नेपालले टिममा केही परिवर्तन गर्न सक्नेछ । विशेष गरी नेपालले ओपनिङमा र बलिङमा परिवर्तन गर्ने सम्भावना रहेको छ । यसअघिका दुई खेलमा मौका पाएका युवा खेलाडी इशान पाण्डे खासै चल्न नसकेपछि मंगलबार उनको स्थानमा अर्को खेलाडीलाई मौका दिनसक्ने सम्भावना रहेको छ ।
दुवै खेलमा नेपाली टिमले खेलाडी परिवर्तन गरेको थियो । सिंगापुरविरुद्ध कीर्तिमान शतक प्रहार गरेका पारस खड्काको प्रदर्शन सधैँझैँ मंगलबार पनि महत्वपूर्ण हुनेछ ।
यता जिम्बाब्वे नेपालविरुद्ध जितको यात्रालाई कायम राख्न चाहन्छ भने सिंगापुरविरुद्ध बेहोरेको अप्रत्याशित हारको बदला पनि लिने मनसायमा छ । यदि मंगलबार नेपालले जिम्बाब्वेलाई हराएमा अर्को ऐतिहासिक जित हुनेछ ।
याे पनि पढ्नुहाेस्
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।