बुढीगण्डकी परियोजना नेपाल आफैँले बनाउनु पर्छ: डाक्टर भट्टराई

 असोज १४, २०७६ मंगलबार १६:२२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संघीय समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बुढीगण्डकी परियोजना नेपालल आफैँले बनाउनु पर्ने बताउनुभएको छ ।

मंगलबार गोरखा पत्रकार मञ्चले बडादशैँ, दीपावली तथा छठ पर्वको अवसरमा काठमाण्डौमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

मिडियाले आलोचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उहाँले समग्र देशको विकास हुन भौतिक विकास पहिलो आवश्यकता भएकाले गोरखाको संस्कृति र इतिहास झल्काउन गोरखकाली रबर उद्योग, गोरखा दरबार, मनकामना हुँदै भीमसेन थापाको जन्मस्थलसम्म पर्यटकीय सर्किट बनाउनतर्फ राज्यको ध्यानकर्षण गर्न पत्रकारहरुले पहल गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा गोरखा क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारीले काठमाण्डौबाट हेर्दा मात्र गोरखा जिल्लालाई वाह ! भन्ने अवस्था रहेको बताउनु भयो । उहाँले ‘गोरखा जिल्ला विकासको क्रममा धेरै पछाडि भएकाले सबैले ध्यान दिनुपर्नेमा जोड दिनु भयो । राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना मात्रै बनाउन सकियो भने गोरखा जिल्लाले चाँडै नै फड्को मार्ने उहाँले दावी गर्नुभयाे ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य चुडामणि खड्काले गोरखाको भौतिक र सांस्कृतिक विकासका लागि पत्रकारको महत्वपूर्ण भूमिका हुने बताउँदै मिडियाहरुलाई स्वतन्त्रताको दुरुपयोग नगर्न आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री कमला पन्तले गोरखा जिल्लामा लुकेका विषयहरुलाई बाहिर ल्याउनुपर्नेमा जोड दिनु भयो । मिडियाले कुनै पनि गलत व्यक्तिलाई पनि जोगाउन नहुने बताउनु भयो । कार्यक्रममा यस्तै नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले मिडियाले राजनीतिको आडमा मिडिया हाउस चलाउन नहुने बताउनु भयो ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया