त्रिकाेणात्मक टी-२० सिरिज : वर्षाका कारण नेपाल र सिंगापुरबीच टस हुन सकेन

 असोज १५, २०७६ बुधबार १७:२२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले आफ्नो अन्तिम खेलमा बुधबार घरेलु टिमसँग प्रतिस्पर्धा गर्दैछ । 

नेपाली समयअनुसार साँझ सवा ५ बजे खेल सुरु हुने भनिए पनि वर्षाका कारण खेल निर्धारित समयमा नहुने भएको छ । सिंगापुरमा वर्षा भैरहेका कारण मैदान छोपिएको छ । त्यही कारणले टस पनि हुन सकेको छैन । 

सुरुवाती तीन खेलमा एकमा जित र दुईमा हार ब्यहोरेको नेपालले बुधबार सिंगापुरलाई हराएमा उपाधिको सम्भावना कायमै रहनेछ । तर त्यसका लागि अन्तिम खेलमा सिंगापुरले जिम्बाब्वेलाई पराजित गर्नुपर्नेछ ।

सिंगापुर क्रिकेट संघले आसन्न टी–२० विश्वकप छनोटको तयारीका लागि आयोजना गरेको यो प्रतियोगितामा नेपाल पहिलो खेलमा जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।

तर दोस्रो खेलमा कप्तान पारस खड्काको कीर्तिमानी शतकको मद्दतले सिंगापुरलाई ९ विकेटले हराएको थियो । तर तेस्रो खेलमा नेपाल फेरि जिम्बाब्वेसँग ४० रनले पराजित हुँदा उपाधिमा धक्का लागेको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया