नेपाली यू–१९ फुटबल टिमको प्रशिक्षकमा मेघराज केसी नियुक्त

 असोज १५, २०७६ बुधबार १७:४७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यू–१९ फुटबल टिमको प्रशिक्षकमा मेघराज केसी नियुक्त भएका छन् ।

गएकाे हप्ता सम्पन्न साफ यू–१८ च्याम्पियनशिपमा खराब प्रदर्शन गरेका कारण चेतनारायण श्रेष्ठले राजीनामा दिएपछि युवा टोली प्रशिक्षकविहीन बनेको थियो । उनको स्थानमा मेघराज केसीलाई नियुक्त गरिएको हो ।

मेघराज केसी थ्रीस्टार क्लबका पनि मुख्य प्रशिक्षक हुन् । चेतनारायणसँगै गोलकीपर प्रशिक्षक र सहायक प्रशिक्षकले पनि राजिनामा दिएका थिए । ती ठाउँ छिटै पूर्ति हुने एन्फाले जनाएको छ । 

नेपालले कार्तिक २० देखि इरानमा एएफसी यू–१९ छनोट प्रतियोगिता खेल्दैछ । नेपाल रहेको समूह डी मा आयोजक इरानसँगै यूएई र किर्गिस्तान पनि छन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया