च्याम्पियन्स लिगको समूह चरणमा चेल्सीको पहिलो जित

 असोज १६, २०७६ बिहिबार ८:०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा चेल्सीले पहिलाे जित निकालेकाे छ । बुधबार राति भएकाे खेलमा उसले फ्रेन्च क्लब लिली ओलम्पिक स्पोर्ट्स क्लबमाथि २-१ गोलकाे कठिन जित निकालेको छ ।

लिलीको मैदानमा भएकाे खेलमा चेल्सीकाे जितमा टामी अब्राहम र विलियनले एक एक गोल गरे । लिलीका लागि भिक्टर ओसिम्हेनले एक गोल गरेका थिए ।

खेलको २२ औं मिनेटमा युवा खेलाडीअब्राहमको गोलबाट चेल्सीले अग्रता बनाएको थियो । ३३ औं मिनेटमा घरेलु टिमका लागि भिक्टरले गोल गर्दै खेल एक एक गाेलकाे बराबरीमा पुर्‍याए । पहिलाे हाफ गाेलरहित बराबरी भएकाे खेलकाे ७८ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।

जितसँगै समूह एचमा रहेकाे चेल्सीकाे २ खेलबाट ३ अंक भएकाे छ । चेल्सीको यो पहिलो जित हो । यस समूहमा ६ अंक जोडेको आयाक्स शीर्ष स्थानमा रहँदा ३ अंक जोडेको भ्यालेन्सिया तेस्रो स्थानमा छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया