इमरान खानलाई रिहा गर्न माग गर्दै पीटीआईका कार्यकर्ताको विशाल ...
मंसिर १०, २०८१ सोमबार
भारतको 'दूरदर्शन' टीभीका सहायक निर्देशकलाई प्रधानमन्त्री नरेन्द्र मोदीको भाषण प्रत्यक्ष प्रसारण नगरेका कारण निलम्बन गरिएको छ ।
गएको सेप्टेम्बर ३० मा प्रधानमन्त्री मोदीले चेन्नईको आईआईटी मद्रासको अनुसन्धान केन्द्रमा आयोजित 'सिंगापुर–इण्डिया ह्याकाथन' २०१९ मा भाषण गरेका थिए । दूरदर्शनका सहायक निर्देशक आर. वासुमतिले त्यो कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गर्न नसकेको आरोप छ ।
भारतको सार्वजनिक प्रसारण एजेन्सी प्रसार भारतीको तर्फबाट अक्टोबर १ मा जारी गरिएको आधिकारिक आदेशमा निलम्बनको कुनै कारण बताइएको छैन । चेन्नईमा दूरदर्शन केन्द्रका सहायक निर्देशक (कार्यक्रम) आर. वासुमतिलाई सम्बन्धित नियमअनुसार तत्काल प्रभावबाट निलम्बित गरिएको छ– आदेशमा भनिएको छ ।
‘न्यूज मिनट’ले प्रसार भारतीको एक सूत्रलाई जनाउँदै वासुमतिले जानीजानी नरेन्द्र मोदीको भाषणको प्रत्यक्ष प्रसारण नगरेको जनाएको छ । वेबसाइटले लेखेको छ, ‘प्रत्यक्ष प्रसारण गर्ने स्पष्ट निर्देशन आए उनले भाषणको प्रत्यक्ष प्रसारण नगरेका हुन् ।’
प्रधानमन्त्रीले ‘इण्डिया सिंगापुर ह्याकाथन’२०१९ र मद्रास आईआईटीको ५६ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्नुभएकाे थियाे ।
दूरदर्शनका एक अधिकारीले भने डीडी पोडिगईका कर्मचारीहरुलाई प्रधानमन्त्री मोदीको भाषण प्रत्यक्ष प्रसारण गर्ने अनुमति नपाएको बताए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।