मानव तस्करीको अभियोगमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री ...
मंसिर १०, २०८१ सोमबार
भारतको राजधानी नयाँ दिल्लीमा नवरात्र र रामलीला पर्वको उत्सव चलिरहँदा आतंकवादी संगठन जैश–ए–मोहम्मदका तीन–चार जना लडाकु घुसेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यो खबरपछि नयाँ दिल्ली र राष्ट्रिय राजधानी क्षेत्र (एनआरसी) मा सुरक्षा व्यवस्था थप बलियो बनाइएको छ । दिल्ली पुलिसले आतंकवादी घुसेको जानकारी पाउनसाथ छापा मार्न सुरु गरेको छ । आतंकवादी हमला हुनसक्ने आशंका पनि जनाइएको छ ।
आत्मघाती हमलाको खतरा
जम्मू-कश्मीर र पञ्जाबको वायुसेना बेस क्याम्पमा पहिलेदेखि नै आतंकवादी संगठनले आत्मघाती आक्रमणको चेतावनी दिएका छन् । अमृतसर र पठानकोट एअरबेसमा पनि सुरक्षा बल परिचालन गरिएको छ ।
भारतीय सञ्चारमाध्यम इण्डिया टुडेको रिपोर्टअनुसार जासुसी एजेन्सीहरुले जैशका ८ देखि १० आतंकवादीहरु आत्मघाती हमलाको तयारीको लागि घुमिरहेको चेतावनी दिएका थिए ।
श्रीनगर, जम्मू, अवन्तीपुर, पठानकोट र हिन्डन एअरबेसमा अरेन्ज अलर्ट जारी गरिएको छ । रेड अलर्टपछि अरेन्ज अलर्ट दोस्रो सबैभन्दा ठूलो अलर्ट हो ।
केही दिनअघि मात्र हरियाणाबाट जैश-ए-मोहम्मदका केही आतंकवादीहरु पक्राउ परेका थिए । जम्मू-कश्मीरको पुलवामा जिल्लामा गएको फेब्रुअरीमा भएको आक्रमणपछि आतंकवादी संगठन लगातार भारतीय सीमामा घुस्ने प्रयास गर्दै आइरहेका छन् ।
उत्तर प्रदेशका केही ठाउँमा पनि संदिग्ध आतंकवादीहरु घुमिरहेकाे खबरहरु प्रकाशित भएका छन् । ती क्षेत्रहरुमा प्रहरीले लगातार छापा मारिरहेको छ । सहारनपुर, बुलन्दशहर, अमरोहा, अलीगढ जस्ता शहरका कैँयौ क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।