धनगढी प्रिमियर लिगकाे चाैथाे संस्करण फागुन ३ गतेदेखि

 असोज १६, २०७६ बिहिबार १५:७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) को चौथो संस्करण फागुन पहिलो हप्तादेखि सुरू हुने भएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले बिहीबार विज्ञप्ति जारी गर्दै प्रतियोगिता आउँदो फागुन ३ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने जानकारी गराएको हो ।

टी–२० फर्म्याटमा हुने प्रतियोगितामा ६ ओटा शहरका फ्रेन्चाइजी टिमको सहभागिता रहनेछ । प्रतियोगिताका लागि खेलाडीको छनोट अक्सनबाट हुनेछ ।

सबै टिमले तीन जनासम्म विदेशी खेलाडी खेलाउन पाउनेछन् । अक्सनमार्फत खेलाडी अनुबन्धन गरी प्रतियोगिता सञ्चालन गर्ने यो नेपालको पहिलो टी–२० क्रिकेट प्रतियोगिता हो ।

प्रतियोगिताको विजेताले ३० लाख रुपैयाँ जित्नेछ । गएको संस्करणको उपाधि सीवाईसी अत्तरियाले जितेको थियो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया