पाकिस्तानले जिम्बावेलाई १० विकेटले हरायाे
मंसिर ११, २०८१ मंगलबार
भारतसँगको पहिलो टेष्टको पहिलो पारीमा दक्षिण अफ्रिकाले मध्यम प्रदर्शन गरेको छ ।
३९ रन बनाउँदा ३ विकेट गुमाएको अवस्थामा शुक्रबार तेस्रो दिनको खेल थालेको पाहुना टोली दक्षिण अफ्रिकाले तेस्रो दिनकाे खेल सकिँदा ८ विकेट गुमाएर ३ सय ८५ रन बनाएको छ ।
यो अवस्थामा दक्षिण अफ्रिका पहिलाे पारीमा २ विकेट बाँकी छँदा १ सय १७ रनले पछाडि छ । दक्षिण अफ्रिकालाई याे स्थितिसम्म पुर्याउन डिन एल्गरले १ सय ६० र क्विण्टन डी ककले १ सय ११ रनकाे महत्वपूूर्ण याेगदान दिए ।
बलिङतर्फ भारतका रविचन्द्रन आश्विनले ५ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले भने पहिलो पारीमा ७ विकेट गुमाएर ५ सय २ रन बनाएपछि पारी समाप्तिकाे घोषणा गरेको थियो ।
पहिलो पारीमा मायांक अग्रवालले २ सय १५ र रोहित शर्माले १ सय ७६ रनकाे याेगदान दिएका थिए भने कप्तान विराट काेहली, चेतेश्वर पुजारा र अजिंक्या रहाने भने थाेरै रनमै आउट भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।