च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
भारतविरुद्को पहिलो टेस्टको पहिलो पारीमा दक्षिण अफ्रिकाले मध्यम प्रदर्शन गरेको छ ।
दक्षिण अफ्रिकाले पहिलो पारीमा सबै विकेट गुमाउँदै चार सय ३१ रन बनाएको छ । उसका लागि डिन एलगर र क्विण्टन डी ककले शतकीय पारी खेले । एलगरले एक सय ६० रन बनाउँदा विकेटकिपर डिककले एक सय ११ रन बनाए । त्यस्तै कप्तान फाफ डु प्लेसीले ५५ रन बनाए ।
भारतका लागि रविचन्द्रन आश्विन एक्लैले सात विकेट लिए । ४६ दशमलव २ ओभर बलिङ गरेको आश्विनले एक सय ४५ रन दिँदै सात विकेट हात पारेका हुन् । त्यस्तै रवीन्द्र जडेजाले दुई र इशान्त शर्माले एक विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले मयंक अग्रवालको सानदार दोहोरो शतक र रोहित शर्माको एक सय ७६ रनको मद्दतमा पाँच सय दुई रनको योगफल तयार पारेको थियो ।
दक्षिण अफ्रिकाका लागि केशव महाराज तीन विकेट लिए । त्यस्तै भेर्नाेन फिलाण्डर, डेन पिडेट, सेनुरन मुथुस्यामी र डिन एलगरले समान एक एक विकेट हात पारे ।
पहिलो पारीमा ७१ रनको अग्रता बनाएको भारतले दोहोरो पारीको ब्याटिङ गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।