सिन्धुलीमा बस दुर्घटना: ३ जनाको ज्यान गयाे

 असोज १८, २०७६ शनिबार १७:२७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुली - दशैँका यात्रु बोकेर काठमाण्डौबाट सिरहा जाँदै गरेको मिनिबस बीपी राजमार्ग अन्तर्गत सिन्धुली जिल्लाको सुनकोसी गाँउपालिका–१ देवीस्थान नजिक दुर्घट्ना हुँदा तीन जनाको ज्यान गएको छ । अन्य दश जना गम्भीर घाइते भएका छन् ।

प्रहरी उपरीक्षक चक्रबहादुर सिंंहका अनुसार बा ३ ख २३५९ नम्बरको मिनिबस अनियन्त्रित भइ सडकमा पल्टिँदा तीन जनाको घट्नास्थमै ज्यान गएको हो । ज्यान गुमाउनेमा सिरहा जिल्ला भगवानपुर गाउँपालिका–५ ईनर्वाका ३५ वर्षीय रामअवतार पण्डित, सप्तरीकाे राजविराज नगरपालिका–७ बस्ने २१ वर्षीया लक्ष्मी देव र ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय दलबहादुर श्रेष्ठ रहेका छन् । 

दुर्घट्नाका दुई गम्भीर घाइतेसहित आठ जनाको धुलिखेल अस्पताल, दुई जनाको खुर्कोट र पाँच जनाको खाल्टेमा रहेको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

बसमा चालक सहित ३१ जना यात्रु रहेकाेमा १२ जना यात्रुलाई घर पठाइएको पनि प्रहरीले जानकारी दिएको छ । तीव्र गतिका कारण अनियन्त्रित भएर उक्त दुर्घटना भएको प्रहरीको भनाइ छ ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया