थाइल्याण्डमा न्यायाधीशले अदालतभित्रै आफूमाथि गाेली चलाए

 असोज १९, २०७६ आइतबार १३:१७:३१ | एजेन्सी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

थाइल्याण्डका एक न्यायाधीशले अदालतभित्र आफैँलाई गोली हानेका छन् । उनले देशको न्यायिक प्रणालीप्रति असन्तुष्टि जनाउँदै आफैलाई गोली हानेका हुन् । 

हत्याको मुद्दामा संदिग्ध पाँच जना आरोपीलाई सबुतको अभावमा सफाइ दिने आफ्नो फैसलाबाट आहत भएका न्यायाधीश खनाकोर्न पियानचानाले आत्महत्या गर्ने प्रयास गरेका हुन् । 

उनले वरिष्ठ न्यायाधीशमाथि आफ्नो फैसलामा दखल पुर्याएको आरोप लगाउँदै आफू आफ्नो कर्तव्यविरुद्धको काम गर्न नसक्ने बताएका छन् । 

थाइल्याण्डको दक्षिणी प्रान्त यालाको एक अदालतका न्यायाधीश पियानचानाले हत्याका पाँच जना अभियुक्तलाई आरोपीबाट सफाइ दिन परेको थियो । यद्यपि यी आरोपको आधारमा तीन जना अभियुक्तलाई मृत्युको सजाय हुन सक्थ्यो । 

अहिले ती न्यायाधीशलाई अदालत लगिएको छ । उनी अहिले खतरामुक्त रहेको चिकित्सकले जनाएका छन् । 

देशको न्याय प्रणालीमा प्रश्न उठाएका ती न्यायाधीशले फेसबुक लाइभमा पनि देशको न्यायिक प्रणालीप्रति असन्तुष्टि जनाएका थिए । उनले भनेका थिए, ‘कसैलाई सजाय दिनुअघि स्पष्टरुपमा सबुतको आवश्यकता हुन्छ । यदि तपाईँ निश्चित हुनुहुन्न भने यस्ता मानिसलाई सजाय दिन सक्नुहुन्न । तपाईँलाई थाहा पनि छ कि यी अभियुक्तहरुले नै अपराध गरेका हुन् । न्यायिक प्रक्रिया पारदर्शी र भरोसादायक हुनुपर्छ, जसका कारण बेकसुर व्यक्तिले सजाय नपाउन् ।’

ती न्यायाधीशले अदालतले धनी व्यक्तिहरुलाई राहत र गरिबलाई सजाय दिने गरेको आरोप पनि लगाएका छन् । अदालतले भने ती न्यायाधीशले व्यक्तिगत कारणले नै आत्महत्याको कोसिस गरेको बताएको छ ।   

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया