बढी भाडा लिने ६ ओटा गाडी नियन्त्रणमा

 असोज २०, २०७६ सोमबार ८:४१:४७ | रासस
unn.prixa.net

काठमाण्डाै - दशैँको अवसरमा पोखराबाट बाहिरी जिल्ला जाने सर्वसाधारणसँग बढी भाडा लिएका ६ ओटा गाडीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार नियन्त्रणमा लिएको छ ।

दशैँ मनाउन घर फर्कने यात्रु नठगिउन् भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट बाहिरिने मुख्य सडकमा यात्रु सहायता कक्ष स्थापना गरेको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।

यात्राका क्रममा बीच बाटोमा यात्रुलाई अप्ठ्यारोमा पारी मनोमानी रुपमा बढी भाडा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न चेकिङका साथै सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताउँदै उहाँले यस क्रममा बढी भाडा असुल गरेका ६ ओटा गाडीका चालकलाई पक्राउ गरी थप अनुसन्धान गरिएको बताउनुभयो ।

मनोमानी रुपमा माेलमाेलाइ गर्दै बढी भाडा असुल गरेको पाइएमा प्रहरीमा खबर गर्न उहाँले सबैसँग आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया