सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै - प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली साेमबार गृहजिल्ला झापामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनुभएको छ ।
दशैँ, तिहार, छठको उपलक्ष्यमा दमकमा आयोजना गर्नुभएको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन साेमबार बिहान झापा पुग्नुभएका प्रधानमन्त्री ओलीलाई भद्रपुर विमानस्थलमा पार्टीका नेता तथा सरकारी अधिकारीले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीले बर्सेनि दशैँ, तिहार र छठ पर्वका अवसरमा गएकाे २५ वर्षदेखि शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आउनुभएको छ ।
कार्यक्रममा प्रदेश नं १ सरकारका उच्चपदाधिकारी र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलालगायत सहभागी हुनुहुन्थ्याे । प्रधानमन्त्री ओली कार्यक्रममा सहभागी भएर साेमबारै काठमाण्डौ फर्कनुभएकाे छ ।