सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै - पूर्वअर्थसचिव रामेश्वर खनाललाई पत्नीशोक परेको छ ।
क्यान्सरबाट पीडित रहेकी खनाल-पत्नी सुचित्रा खनालको मंगलबार बिहान निधन भएको हो । सुचित्रा नेपालकै पहिलो महिला स्टक ब्रोकर पनि हुनुहुन्थ्यो ।
१५ महिना अघि स्तन क्यान्सर देखिएपछि उहाँको भारतको टाटा मेमोरियल र मेदान्ता अस्पतालमा समेत उपचार गरिएको थियो । तर पछिल्लो २० दिनयता भने उहाँको नर्भिक अस्पतालमा उपचार भैरहेको थियो ।