च्याम्पियन्स ट्रफी : अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड प्रति...
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै - चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई लक्षित गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।
सी को सुरक्षाका लागि दिउँसो २ बजेर ५५ मिनेटदेखि साढे ५ बजेसम्म विमानस्थल बन्द गरिएको हो । यो समयभित्र कुनै पनि उडान र अवतरण हुने छैनन् ।
शनिबार र आइतबार हुने उडानबारे विमानस्थलले नोटाम (नोटिस टु एअरमेन) जारी गरेको छ । नोटाम उड्डयनकर्मीका लागि जारी गरिने सूचना हो ।
विमानस्थलले नोटाम जारी गरेपछि वायुसेवा कम्पनीहरूले आफ्ना उडान भीभीआईपीको जहाज आउने र जाने समयअघि वा पछि अनिवार्य सार्नुपर्छ ।
राष्ट्रपति सी चढेको विमान अवतरण भएपछि मात्रै अन्य विमानले उड्न र अवतरण गर्न पाउनेछन् ।
त्यस्तै चिनियाँ राष्ट्रपती सी फर्कने दिन आइतबार बिहान ११ः२० बजेदेखि दिउँसो १ः५० बजेसम्म विमानस्थलमा उडान र अवतरण रोकिने विमानस्थल कार्यालयले जनाएको छ । त्यस दिन ११ः२० बजेदेखि रोकिएको उडान र अवतरण राष्ट्रपति सी फर्केपछि मात्रै सुरु हुने विमानस्थल कार्यालयले जनाएको छ । राष्ट्रपति सी १२ः३० मा स्वदेश फर्कने कार्यतालिका छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।