१५ लाख रुपैयाँ बराबरको रुद्राक्ष चोरी

 असोज २८, २०७६ मंगलबार ८:३३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

संखुवासभा – खाँदबारी नगरपालिका–३ मा बगानबाटै १५ लाख रुपैयाँ मूल्य बराबरको रुद्राक्ष चोरी भएको छ ।

रातिको समयमा खाँदबारी–३ सार्कीगाउँमा रहेको स्थानीय कृषक झलक बुढाथोकीको बगानको रुद्राक्ष चोरी भएको हो । कृषक झलक बुढाथोकीको बगान भए पनि उहाँले २ वर्षका लागि स्थानीय ब्यापारी देवराज पुरी र रमेश भण्डारीलाई वार्षिक १५ लाख रुपैयाँमा ठेक्कामा दिनुभएको थियो । 

रातको समयमा रुद्राक्ष चोरी भएको पीडित देवराज पुरीले बताउनुभयो । ‘राति रुखमा चढेर हाँगा काटेर सबै रुद्राक्ष दाना टिपेर लगेका छन् । सुक्ष्म तरिकाले खोजी गर्दैछौँ । प्रहरीमा समेत उजुरी दिएका छौँ ।’ पुरीले भन्नुभयो ।

पछिल्लो समय संखुवासभाका विभिन्न ठाउँमा र भोजपुर जिल्लामा रुद्राक्ष चोरीको घटना बढेको छ । यो वर्ष मात्रै संखुवासभाको पाँचखपन नगरपालिका, चिचिला गाउँपालिका, खाँदबारी नगरपालिका र भोजपुरको षडानन्द नगरपालिकाको कुदकाउले र देउरालीबाट लाखौँ रुपैयाँको रुद्राक्षको चोरी भइसकेको स्थानीयहरु बताउँछन् । 

पछिल्लो समय रुद्राक्षको व्यापारमा वृद्धि भएसँगै चोरीको घटनामा वृद्धि हुन थालेको छ । बगानमा रुद्राक्ष चोरीको घटना बढेपछि धेरै किसानहरुले बगानमा नै सीसी क्यामेरासमेत जडान गरेका छन् भने कतै सुरक्षाका लागि दिनरात नै मानिसहरु पहरा दिने समेत गरेका छन् । भदौ अन्तिमदेखि असोज कात्तिक महिना रुद्राक्ष टिप्ने मध्यम समय भएकाले पनि यसको कारोबार तीव्र रुपमा हुने गर्दछ ।

अन्तिम अपडेट: फागुन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया