च्याम्पियन्स ट्रफी : अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड प्रति...
फागुन १५, २०८१ बिहिबार
मकवानुिर – बकैया गाउँपालिका – ३ जलजलेमा धारिलो हतियार प्रयोग गरी बुधबार राति एक जनाको हत्या गरिएको छ । हतियार प्रहारबाट अन्य दुई जना घाइते भएका छन् ।
बकैया गाउँपालिका ३ जलजलेमा घरमै बसिरहेकी ५० वर्षीया सन्तमाया लो माथि यही ठाउँमा बस्ने ५० बर्षीय सुकबहादुर पाख्रिननले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) मुकेशकुमार सिंहले बताउनुभयो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी सन्तमायाको हेटौँडाको चुरेहिल अस्पतालमा उपचारको क्रममा बुधबार राति ज्यान गएको हो ।
पाख्रिनले धारिलो हतियार प्रहार गरी अन्य २ जना घाइते बनाएका छन् । घाइते हुनेमा मुतकका श्रीमान ५५ वर्षीय कालबहादुर लो र स्थानीय २६ बर्षीया दिवीमाया मोक्तान रहेका छन् । उनीहरुको टाउको, निधारमा चोट रहेको र घाइते दुवैको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लामो समयदेखि आपसी झै–झगडाका कारण हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।
हत्यामा संलग्न पाख्रिनलाई इलाका प्रहरी कार्यालय फापरबारीबाट गएको टोलीले राति नै हतियारसहित पक्राउ गरेको छ । पाख्रिनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।