बम काण्डमा आलम दोषी रहेको प्रहरीको निष्कर्ष, अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउँदै

 कात्तिक १५, २०७६ शुक्रबार ११:४३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

रौतहट – प्रहरीले कांग्रेसका केन्द्रीय सदस्य तथा निलम्बित सांसद मोहम्मद आफ्ताब आलम राजपुर बम काण्डमा दोषी रहेकाले उनीविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन शुक्रबार सरकारी वकिलको कार्यालयलाई बुझाउने भएको छ ।

आलमबारेको अनुसन्धान सकिएको र कुन–कुन कसुरमा मुद्दा चलाउने भन्नेबारे अन्तिम चरणको छलफल भइरहेकाले शुक्रबार नै फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको रौतहटका प्रहरी उपरीक्षक (एसपी) भूपेन्द्र खत्रीले उज्यालोलाई जानकारी दिनुभयो ।

विसं २०६४ सालमा संविधानसभाको चुनावका बेला रौतहटको राजपुरमा बम बनाउने क्रममा विष्फोट हुँदा घाइते भएकालाई इँटाभट्टामा जलाएको अभियोगमा पक्राउ परेका आलम घटनामा दोषी रहेको निष्कर्ष प्रहरीले निकालेको छ । 

आलमले घटना नै नभएको जिकिर गरिरहेका बेला मृतकका परिवार, प्रत्यक्षदर्शी, गाउँले, त्यसबेलाका स्थानीय र केन्द्रीय प्रहरी अधिकारीहरु, तथा घटनामा परेर बाँच्न सफल भएका ब्यक्ति समेतको बयानका आधारमा राजपुरमा त्यसबेला विष्फोट भएकै थियो भन्ने पुष्टि हुने प्रहरीले जनाएको छ । 

आलमले आफ्नो दोष लुकाउन मात्रै घटना नै नभएको जिकिर गरिरहेको निष्कर्ष प्रहरीले निकालेको स्रोतको दाबी छ । फाइल शुक्रबार नै सरकारी वकिलको कार्यालयमा बुझाइए पनि आलममाथि शनिबार र आइतबार छठका लागि प्रदेश सरकारले बिदा दिएकाले सोमबार मात्र मुद्दा दायर हुने सम्भावना छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया