अक्सिजन अभावले सुरूङभित्र फसेका मजदुरको उद्धारमा समस्या

 कात्तिक १९, २०७६ मंगलबार १२:४२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ – बुंगल नगरपालिकामा निर्माण भइरहेको कालंगा हाइड्रो प्रालिको सुरूङभित्र फसेका चार जनामध्ये एक जना मजदुरको उद्धारमा कठिनाइ भएको छ । 

आइतबार दिउँसो सुरुङभित्र काम गर्न पसेका चार जना मजदुर नफर्किएपछि उनीहरुको खोजी सुरु गरिएको थियो । सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भवराज कटुवालको नेतृत्वको चार जनाको टोलीले सुरुङभित्र फसेका तीन जना मजदुरको शव सोमबार बेलुका ७ बजे निकालेको थियो ।

सुरुङभित्र फसेका चार जनामध्ये दैलेखको गुराँस गाउँपालिका ३ का ३२ वर्षीय महेन्द्र शाही, त्यही ठाउँका कर्ण शाही र अछामको तुर्माखाँद गाउँपालिका ६ का २८ वर्षीय महेन्द्र साउदको शव फेला परेको उद्धारमा खटिएका शशत्र प्रहरी बलका प्रहरी निरीक्षक भवराज कटुवालले जानकारी दिनुभयो । उनीहरुको शव सोमबार बेलुका नै सुरुङ बाहिर निकालिएको र बझाङको बुंगल नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय शेरसिंह धामी भने अझै बेपत्ता रहेकोले उद्धारको प्रयास भइरहेको छ । 

सुरुङभित्र अक्सिजन नभएका कारण उनीहरुको निसास्सिएर ज्यान गएको उहाँको भनाइ छ । अक्सिजन नभएका कारण उद्धारमा पनि निकै समस्या भइहेको कटुवालले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया